बलात्कार र हत्य प्रयासको पीडित बालिकालाई ३५ हजार प्रदान

भरतराज शर्मा(गोपाल)

धरान, कात्तिक १८ । भोजपुरमा बलात्कार र हत्य प्रयासको शिकार भएकी १४ वर्षिया बालिकाको उपचारका लागि नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई र असहाय कानुनी सहायता संस्था पारालिगल धरान नगर समितिले आर्थिक सहयोग प्रदान गर्नुका साथै बालिकाको उपचारमा तदारुकता अपनाउन आग्रह गरेको छ ।

नेविसंघको अगुवाईमा विद्यार्थीहरु र अन्य सहयोगीबाट अर्थ संकलन गरी २३ हजार एक सय ६५ रुपया प्रदान गरिएको छ । पीडितको नातेदारहरुको रोहबरमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

यसैगरी पारालिगत धरान नगर समितिले संस्थाका सदस्यहरुबाट संकलित १२ हजार ६ सय रुपया नातेदारहरुको उपस्थितिमा बालिकालाई तत्कालिन राहत सहयोग स्वरुप प्रदान गरेको छ ।

नेविसंघको आर्थिक सहयोग संकलन टोलका अनुसार उक्त सहयोग रकममा योगदान गर्नेहरुमा नेविसंघ सुनसरी उपसभापति सुबेक्छु देवान राई बाट ५ हजार रुपया, धरान वडा ५ का वडा अध्यक्ष सन्तोष लिम्बू र धर्मपत्नी बिष्णुमाया राईबाट ३ हजार रुपया, सुनसरी प्याब्सनका सचिव, इटहरी कांग्रेस वडा ४ का सभापति धनबहाद् लिम्बुबाट २ हजार रुपया, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि सुवास राईबाट १ हजार, इडेन कन्सल्टेन्सी निर्देशक मोहनबिक्रम तिगेलाबाट ५ सय, नेविसंघ पिण्डेश्वर बिद्यापिठ सभापति पुस्प पराजुलीबाट ५ सय, महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरु र प्राध्यापकहरुबाट कुल ११ हजार एकसय ६५ रुपया रहेका छन् ।

यसैविच पारालिगल संस्थाले बालिकाको उपचारका बारेमा वीपी प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.राजकुमार रौनियार सहित अस्पतालका अधिकारीहरु संग संयुक्त छलफल गरिएको अध्यक्ष मिना पुलामी मगरले बताइन् । बालिकाको उपचार बि पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भैरहेको छ । छलफलमा बालिकाको स्वास्थ्य स्थितिका बारेमा प्रतिष्ठान स्थित अस्पतालका अधिकारीहरुले जानकारी दिएका थिए । पीडित बालिकाको परिवारका आर्थिक अवस्था कमजोर रहेकोले उनको उपचार पूर्णरुपमा निशुल्क गरिनुपर्ने आग्रह पनि छलफलमा पारालिगलका टोलीले आग्रह गरेका थिए । उपकुलपति रौनियारले प्रतिष्ठानमा हुनसक्ने सबै उपचारमा निशुल्क गरिने वचन दिएको अध्यक्ष पुलामीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =