मुग्लिन सडकखण्ड: घुमाउनेमा पहिरो खसेपछि अवरुद्ध

चितवन, साउन १७ । नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ४ बजे तिर पहिरो खसेपछि अहिले यो सडकखण्डमा गाडी चल्न सकेको छैन । अबको डेढ घण्टामा सडक खुलाउने गरि पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसअघि दुई हप्ताअघि साउन ३ गते तोपेखोलामा पहिरो खसेपछि यो सडकखण्डमा पहिरो खसेको थिएन । त्यसअघि २७ किलो भालुढुंगा, चारकिलो चोरखोला र तोपे खोला लगायतका ठाउँमा दिनहुँ पहिरो जाँदा १२ घण्टासम्म अलपत्र बस्नुपर्ने अवस्था थियो ।

अहिले नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो खसिरहने ठाउँमा बायोइन्जिनियरिङ, स्लोप ट्रिमिङ र रक नेटिङ जस्ता विधि अपनाएपछि कम पहिरो खस्दा यात्रुलाई केही राहत मिलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *