सनराईज बैङ्कले सुरु ग¥यो कल सेन्टर
गर्नका लागि ग्राहक सुविधा केन्द्र (Call Center) सुरु गरेको हो ।
भाद्र २०, काठमाडौँ । बैङ्कले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी दिने, ग्राहकहरुको विभिन्न समस्याहरू समाधान गर्ने हेतुले सनराईज बैकले ग्राहक सुविधा केन्द्र (Call Center) को सुरुवात गरेको छ । बैङ्कले प्रदान गर्ने सेवा सुविधाहरू र बैँकिङ्ख सम्बन्धी सामान्य जानकारी दिन, ग्राहकहरुको सल्लाह तथा सुझावहरू सङ्कलन
उक्त (Call Center) को उद्घाटन बैङ्कका अध्यक्ष मोतीलाल दुगडले गरेको बैङ्कद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो ग्राहक सेवा केन्द्रमा दक्ष जनशक्तिले ग्राहक तथा अन्य सर्वसाधारण टेलिफोन/मोबाईल मार्फत बैङ्कले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी दिने छन् । ‘(Call Center) ले ग्राहकहरुको विभिन्न समस्याहरू समाधान गर्ने, बैँकिङ्ख सम्बन्धी सामान्य जानकारीहरू दिने, ग्राहकहरुको सल्लाह तथा सुझावहरू सङ्कलन गर्ने जस्ता कार्यहरू गर्नेछन् ।’ बैङ्कका अध्यक्ष दुगडले बताए ।
बैङ्कका सेवा सुविधा सम्बन्धी जानकारी चाहिएमा बैङ्कको टोल फ्रि (पैसा नलाग्ने) नम्बर १६६००१२२४४४ मा फोन गरी बैकिङ्ग सम्बन्धी आवश्यक सबै जानकारी पाउन सक्नेछन् । आफ्ना ग्राहकहरुसम्म पुग्ने र आधुनिक प्रविधिको प्रयोग गरी उनीहरूको गुनासो तथा सुझावहरू सुन्ने तथा निराकरण गर्नका लागि बैङ्कले यो सेवा सुचारु गरेको हो ।
उक्त समारोहमा सञ्चालक समितिका सदस्यहरू डा. भोगेन्द्र गुराँगाई, ई.बच्छराज तातेड, श्री दीपक नेपाल, श्री ज्योति कुमार बेगानी एवं बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य लगायत उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्र बैङ्कबाट “क” वर्गको वाणिज्य बैङ्कको रूपमा मिति २०६४ सालमो स्थापित सन्राइज बैङ्कका देशभर ७० वटा पूर्ण शाखा, १६ वटा शाखा रहित बैकिङ, ३ वटा एक्स्टेन्सन काउन्टर र ८२ वटा एटिएम मार्फत ३ लाख ६५ हजारभन्दा बढी निक्षेप ग्राहक रहेका छन् ।