धरानमा तीन दिने ओशो ध्यान शिविर

“
धरान, साउन १६ । ओशो महापरीनिर्वाण ध्यान केन्द्र धरानको आयोजनामा विहिवारदेखि तीन दिने ध्यान शिविर धरान ८ स्थित लांधाली सामुदायिक वनको भवनमा शुरु भएको छ ।
भारतको पुनावाट आएका ओशो सन्यासी अशोक भारती सञ्चालक रहने सो शिविरमा नेपाल र भारतका गरी झण्डै १ सय जना ओशो सन्यासीहरुले भाग लिने भएको आयोजक सदस्य स्वामी आन्मानन्द (आनन्द श्रेष्ठ)ले वताए ।
तीन दिने आवासीय सो शिविरमा विहान ५ वजेदेखि राती १० वजेसम्म ओशोले सिकाएका सकृया ध्यान र किर्तन, प्रवचनको कार्यक्रम हुने वताए । उक्त शिविरमा भाग लिन चाहने गैरओशो सन्यासीहरुले पनि निश्चित शुल्क तिरेर ध्यान सिक्न पाउन अवसर मिलाएको श्रेष्ठले जानकारी दिए ।
भारत र नेपालको विभिन्न शहरमा ध्यान शिविर सञ्चालन गर्दै आएका स्वामी अशोक भारतीद्धारा शिविरको अन्तिम दिन नव सन्यासीहरुलाई एक भव्य उत्सवको बीचमा दिक्षा दिने कार्यक्रम पनि रहेको वताए ।
“ध्यान गराैं, प्रेम गराैं ”भन्ने सुत्रलाई मुलमन्त्र मान्ने ओशो सन्यासीहरुले हरेक दिन कम्तिमा एक घण्टा त ध्यान गर्छन नै त्यस वाहेक हरेक ३ महिनामा एक पटक तीन दिने शिविरमा भाग लिएर शरीर शुद्धि, विचार शुद्धि र भाव शुद्धि गर्ने प्रयासमा जुटने गरेको वताउँछन् ।
“








