“सरकार गठन भएको ५ महिनामै “”श्री ३”” आयो– पशुपतिशमशेर राणा”

काठमाडौँ, साउन १६ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले वर्तमान सरकारलाई जनमतविरुद्ध लागेको आरोप लगाएका छन् ।

काठमाडौँमा कर र मूलयवृद्धिमा सरकारविरुद्ध विरोध प्रदर्शन कार्यक्रममा सम्बोधन गर्दै राणाले केपी ओली सरकारले जनतालाई समृद्धिको सपना देखाएर भोट बटुली जनमतविरुद्ध लागेको आरोप लगाएका हुन् ।

कार्यक्रममा उनले वर्तमान सरकार राणाकालीन सरकारजस्तो भएको टिप्पणी गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले गठन भएको ५ महिनामै आफ्नो तानाशाही रुप देखाएको टिप्पणी गर्दै भने, ‘म मोहन शम्शेरको नाति दाबाका साथ भन्छु यो देशमा बल्ल श्री ३ आयो ।’


अध्यक्ष राणाले अहिलेकै रबैया रहे केपी शर्मा ओली नेतृत्वमा रहेको कम्युनिस्ट सरकारको जग हल्लिने चेतावनी दिँदै सरकार फेर्नका निम्ति सडकमा नआएको बताए ।

सरकारको यस्तै रबैया रहेमा जग हल्लिन सक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 16 =