अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटः नेपालको तर्फबाट सोमपालले लिए पहिलो विकेट

काठमाडौँ, साउन १६ । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय क्रिकेटमा नेपालको तर्फबाट सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

नेदरल्याण्ड्सको आम्स्टेलभिनमा भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिलिडङ गरिरहेका बेला सोमपालले ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् ।

गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा आज पहिलो खेल नेदरल्याण्डसँग खेलेको हो ।

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *