खप्तड गोल्डकपमा एपिएफ विजयी

धनगढी, पुस २२ । शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ ।
कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले हराउँदै एपिएफ अन्तिम आठमा पुगेको हो ।

निर्धारित समयमा दुवै टीमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा सहाराका सुशन गुरुङ, विजय श्रेष्ठ, मान बहादुर तामाङ र फूर्वा लामाले गोल गरे पनि लक्ष्मण जिसीको प्रहार भने एपिएफका गोलकिपरले रोकेका थिए ।

एपिएफ लागि अञ्जन विष्ट, सुदिप शिखरकार, आदित्य चौधरी, राजु नगरकोटी रञ्जन विष्टले गोल गरे । प्रतियोगितामा भोली धरान फुटवल क्लव र संकटा क्लवविच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =