यस्ता छन् अाजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय

काठमाडाैं, साउन १६ । दुईतिहाई बहुमतिसहितको सरकार । प्रधानमन्त्री ओली र नेकपाका नेताले दाबी गरेको र विपक्षीले आरोप लगाउने गरेको कम्युनिष्ट सरकार ।  सुशासन विकास र समृद्धिको मुल मन्त्र फुक्दै मागिएको जनताको समर्थन ।
जनताले गरेको विश्वास र दिईएको शंकाको सुविधा ।  प्रधानमन्त्री जुन सुशासन र परिवर्तनको दुहाई दिईरहेका छन्, त्यसप्रतिको उनको पार्टीका संयन्त्र पटक्कै सहयोगी छैनन् ।, आजको नयाँ पत्रिकामा चुड्कीले आउँदैन सुशान शिर्षकमा सम्पादकीय छापिएको छ ।

बिकास आयोजनालाई दुहुनो गाई बनाएर राजनीतिक नेता तथा ठेकेदारले राष्ट्रि ढुकुटीको दोहन गर्दै आएका छन् । यस्तो दोहनको नमुना बनेको छ — सिक्टा सिँचाई आयोजना ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा २०६३ सालमा सुरु भएको सिक्टामा अहिलेसम्मको लगानी र निर्माण मुलुकका निम्ति सरासर धोका हो ।, आजको नागरिकदैनिकमा सिक्टामा लगानी बालुवामा पानी शिर्षकमा सम्पादकीय छापिएको छ ।

ईतिहास एक दिन हरेकपल्ट आउँदैन । जहिले आउँछ, थाहै नपाई विगतलाई डामेर जान्छ । भविष्यका लागि कुनै कीर्ति राखेर ।  ईतिहास फुत्त उम्केर भविष्य बनिसक्छ जसलाई सपना देखाउनेहरु उपयुक्त शब्द खोजिरहन्छ ।  अमेरिकी नेता थोमस जेफरसनले कुनै बेला भनेका थिए, मलाई विगतको ईतिहासभन्दा भविष्यको सपना प्रिय लाग्छ ।, आजको कान्तिपुरदैनिकमा ईतिहासमा हरेक दिन शिर्षकमा सम्पादकीय छापिएको छ ।

हालै मात्र सिसडोलस्थित फोहोर व्यवस्थापन स्थल जाने बाटो भत्किएपछि काठमाडौं उपत्यका महिनौँसम्म फोहोरको डंगुरभित्र रहन बाध्य भयो ।  अझै पनि उपत्यकाको फोहोर व्यवस्थापन भईसकेको छैन ।

अहिले फोहोरबाट उर्जा उत्पादन गर्ने उपकरणसमेत भित्र्याईसकिएको, निजी क्षेत्रले समेत यसमा चासो देखाएको सन्दर्भमा अवब बन्चरेडाँडाको ल्यान्डफिल्ड साईटलाई वैज्ञानिक ढंगले संरचित गरिनुपर्छ ।, आजको कारोवारदैनिकमा सहरी फोहोरको व्यवस्थापन शिर्षकमा सम्पदाकीय छापिएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको पद खालि भएको ५ महिना बितिसकेको छ । सर्वोच्च अदालत ५ महिनादेखि कामु प्रधानन्यायाधीशको भरमा चलेको छ । सरकारले सर्वोच्चमा न्यायाधीश नियुक्त गर्न कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिमा पेस गरेको भए पनि अहिलेसम्म सो नाम अनुमोदन हुन सकेको छैन । समितिका सदस्यहरुको भनाइ हेर्दा जोशीको नाममा सहमति होलाजस्तो पनि देखिँदैन ।

प्रधानन्यायाधीशको रुपमा संसदीय सुनुवाइ समितिमा पेस गरिएको नामलाई दुई तिहाइ बहुमतले अस्वीकार गर्ने सम्भावना बढेपछि कामु प्रधानन्यायाधीश जोशी गम्भीर संकटमा पर्नुभएको छ ।, आजको नेपाल समाचारपत्रमा प्रधानन्यायाधीशको अनुमोदनमा किन ढिलाइ ? शिर्षकमा सम्पादकीय छापिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *