राष्ट्रपति भण्डारीलाई डा गाेविन्द केसीले दिए एक हप्ते अल्टिमेटम

कार्तिक २०, काठमाडौँ । चिकित्सा शिक्षा अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई डा गाेविन्द केसीले एक हप्ते अल्टिमेटम दिएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले एक हप्ताभित्र जारी नभए १४ औँ अनशन थाल्ने चेतावनी दिएका हुन् ।

चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुन नसकेपछि अध्यादेश जारी गर्ने सहमति नेपाल सरकारले केसीसँग गरेको थियो । सोही सम्झौता अनुरूप नेपाल सरकार मन्त्री परिषदले अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । तर, भण्डारीले उक्त अध्यादेश रोकेर राखेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =