“प्रियंकाले “”भारत”” छोड्नुको रहस्य !”
२०७४ जेठ १५ गते

“
बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले सुपरस्टार सलमान खानसँग भारतमा काम नगर्नुको कारण खुलेको छ ।
अभिनेत्री चोपडाले चलचित्र भारतमा सलमान खानसँग काम नगर्ने फैसला गरेकी थिइन् । यसका बारेमा उनका शुभचिन्तक तथा फ्यानहरुले विभिन्न टिकाटिप्पणी गरेका थिए ।
तर भारतमा प्रियंकाले काम नगर्नुको कारण भने हलिउड रहेको छ । केही समयअघि नै प्रियंकाले हलिउडको फिल्म साइन गरेका कारण ‘भारत’मा काम नगरेको बताइएको हो ।
हलिउडको यस फिल्ममा प्रियंकाले गरेको साइन नै भारतबाट बाहिरने कारण भएको बताइएको छ ।
प्रियंकाले हलिउड अभिनेता क्रिस प्रैन्टका साथमा फिल्म ‘काउब्वाइ निन्जा वाइकिङ’मा काम गर्ने भएकी हुन्। यस फिल्ममा प्रियंका क्रिसकी प्रेमिकाको भूमिकामा देखिने छिन्। भारतीय एक सञ्चारमाध्यमले हलिउडको ठूलो बजेको उक्त फिल्ममा प्रियंका र क्रिसको केमेस्ट्री देखाइने बथताएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








