भेरीमा खुल्यो यातायातको लाइसेन्स परीक्षा (यसरी भर्न सकिन्छ फारम)

पुस २२, भेरी । यातायात ब्यवस्था कार्यालय भेरीले लाईसेन्स वितरण शुरु गरेको छ । लामो समयदेखि स्थगित रहेको यातायातको लाइन्सेन्स परीक्षा सुचारु भएको छ ।

यातायात व्यवस्था कार्यालय भेरीका अनुसार, अनलाइनबाट फारम भरी अब लाइन्सेन्स परीक्षा दिन सकिनेछ । अनलाइन फारम भरी दर्ता नम्बर लिएपछि दरखास्त शुल्क बुझाई प्रयोगात्मक परीक्षा, लिखित परीक्षामा सहभागि हुन सक्नेछन् । अनलाइनमा आइतबारदेखि बुधबार सम्म फाराम भर्न सकिनेछ ।

अनलाइन फाराम भरेको भोलिपल्ट नै यातायात व्यवस्था कार्यालयमा पुगेर फोटो खिच्ने, मेडिकल शुल्क बुझाउन कार्य गरिनेछ । त्यसको भोलिपल्ट लिखित परीक्षा र लिखित परीक्षाको भोलिपल्ट ट्रायल दिन सकिने व्यवस्था मिलाइएको छ ।

फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोस्

मोटरसाईकल, स्कुटर र कार–जीपको लाईसेन्सका लागि २५ गतेदेखि अनलाईन फर्म भर्न सकिने छ । यातायातले अब स्मार्ट लाइसेन्स उपलब्ध गराउने भएकाले उत्तिर्ण परीक्षार्थीले तीन महिना पछि मात्र लाइसेन्स प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 7 =