पत्रकार गीता थापाकाे ‘शिरफुल’ भुईमा खसेपछि (भिडियाेसहित)

काठमाडाैं, साउन १५ ।

शिरै लाउनी शिरफुल मेराे

मै नाच्दा भुईमा खस्याे बरीलै

यति राम्राे जुन जस्ताे मुहार 

त्यसैमा दिल बस्याे बरीलै

यी शब्द हुन् पत्रकार तथा गायीका गीता थापाकाे तीज गीत शिरै लाउनी शिरफुलमा समेटिएका ।

नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तीज नजिकिएसंगै एकपछि अर्काे गरेर तीजगीत बजरमा अाउनेक्रम जारी छ ।  पछिल्लाे समय तीजका गीतमा तीज भाव भन्दापनि बढि बिकृती भित्रिएकाे छ ।

बर्षभरीकाे दुख, ब्यथालाइ एकैछिन बिर्सेर रमाउने अनि नाच्ने गीतलाइ तीज गीत भन्ने बुझिन्छ । यस्तै टिपिकल अनि मिठा शब्द र संगीतमा तयार पारिएकाे तीज गीत ‘शिरै लाउनी शिरफुल मेराे’ भर्खरै बजारमा अाएकाे छ ।

भिडियाेसहित बजारमा अाएकाे गीतमा गीता थापा, मान सिंह खड्का, शेरबहादुर आचार्य, सुनिता बुढा र सीमा परियारको आवाज रहेको छ । तिलक के.सी र पतिराम रोकायको शब्द रहेको गीतमा सुरेश पुनको लय रहेको छ ।

पत्रकारितासंगै गायन क्षेत्रमापनि छुट्टै पहिचान बनाउदै गरेकी थापाका याे भन्दा पहिला दुइवटा लाेकदाेहाेरी गीत बजारमा अाइसकेकाे छ । बढि सुर्खेती कलाकारकाे उपस्थिती रहेकाे गीतमा अाफुले माया गरेकाे मायाकाे बयान गरेका मिठा शब्दसहितकाे भावलाइ समेटिएकाे छ ।

संचारकर्मी खड्का गायन संगै पछिल्लाे समय म्युजिक भिडियो निर्देशनमा पनि जमेका छन् । खड्काकाे निर्देशन रहेको गीतमा राजेन्द्र, दिपाशा, सुरेन्द्र, स्वस्तीका, आकाश र शान्तीको नृत्य देख्न सकिन्छ । गीत म्युजिक नेपालको युटुव च्यानलबाट बजारमा आएको हो ।

https://www.youtube.com/watch?v=VnE_DGImEOM”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *