मकालु खबरको बेलायत कन्ट्री हेडमा अधिकारी
२०७४ जेठ १५ गते


असार ८, काठामाडौं । मकालु खबरको बेलायतका लागि कन्ट्री हेड नियुक्ति गरिएको छ । शुलभ मिडियाको बोर्ड बैठकबाट बेलायतको लण्डनका बसोबास गर्नुभएका विनय अधिकारीलाई कन्ट्री हेड नियुक्त गरिएको हो ।
अधिकारी एक दशकदेखि बेलायतमा रहेर पत्रकारिता क्षेत्रमा रुचि राख्दै त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई निःशुल्क रूपमा भिजा प्रक्रिया तथा कानुनी प्रक्रियाका बारेमा काम गर्दै आउनु भएको छ ।
अधिकारी बेलायतमा शिक्षा क्षेत्रसँगै आइटी र हस्पिटालिटी व्यवसायमा समेत आबद्ध हुनुहुन्छ । उहाँ बेलायतको नेपाली समाजमा पनि सक्रिय हुनुहुन्छ । प्रवासमा रहेर पनि आफ्नो देश र गाउँको विकासमा सक्रिय रूपमा लाग्नु भएका अधिकारीको पत्रकारिता क्षेत्रमा विशेष रुचि छ । उहाँले बेलायतबाट मकालु खबरका लागि पत्रकारिता गर्नुहुने छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








