मंगलबार सुनको भाउमा २०० वृद्धि
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ ६ । मंगलबार सुनको भाउमा सामान्य वृद्धि आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।
मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा छापावाल सुन प्रतिऔंस १२ सय ९० डलर हाराहारीमा कारोबार भएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








