पुलिस क्लब बुढासुब्बा गोल्डकपको सेमिफाईनल प्रवेश

धरान, माघ २२ । सुनसीको धरानमा जारी २०औँ बुढासुब्बा गोल्डकपमा तेश्रो दिन आज(सोमबार ) भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले झापा ११ लाई ० का बिरुद्ध २ गोलको अग्रता लिंदैै विजयी बनेको हो ।

जित संगै नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डकपको अन्तिम चारमा प्रवेश गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ ।

अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने निकै अवसर पाए पनि सहि सदुपयोग गर्न भने सकेनन् ।

पुलिसका लागि खेलको दोसो हाफको १८औँ मिनेटमा सुमन लामाले गोल गरेका थिए भने खेलको पहिलो हाफको १९औँ मिनेटमा झापा तर्फको खेलाडी विकास थुलुङद्धारा आत्मघाती गोल भएको थियो । खेलको म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका सुमन लामा घोषित हुँदै नगद १० हजार समेत हात पारेका छन् ।

 

भोली मंगलबारको क्वाटर फाईनल खेल थ्री स्टार क्लब र सुदूरपश्चिम ११ खप्तड स्पोर्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद ६ लाख तथा उपविजेताले नगद ३ लाख सहित टर्फी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने धरान फुटवल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =