प्राकृतिक प्रकोपका कारण भियतनाममा ११६ जनाको मृत्यु

हानोई, १२ भदौ । प्राकृतिक प्रकोपमा परी भियतनाममा गत आठ महिनामा ११६ जनाको मृत्यु भएको छ । ती मध्ये केहीको मृत्युको पुष्टि नभएपनि लामो समयदेखि हराइरहेका छन् ।

ती घटनाहरुका कारण २५० मिलियन अमेरिकी डलर बराबरको क्षति भएको विपद् व्यवस्थापन तथा नियन्त्रण विभागले सोमबार जनाएको छ ।

हुरी बतास, बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपका कारण एक हजार ३० घरहरुमा क्षति पुगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।


भियतनामको उत्तरी क्षेत्रमा रहेका पहाडी प्रदेशहरू लाओ काई, लाई चाउ र हा जिङमा भीषण वर्षा हुने पुर्वानुमान गरिएको थियो । भीषण वर्षाका कारण थप तीन दिन बाढी पहिरो जाने अनुमान गरिएको छ ।

मन्त्रालयले उत्तरी पहाडी प्रदेशहरुका बासिन्दालाई बाढीपहिरोबाट बच्नका लागि सुरक्षित स्थान तर्फ जान आह्वान गरेको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *