नेपालकै ठूलो दाबी गरिएको कालिकोटको पचाल झरनाको उचाइ ३ सय ८१ मिटर

कालिकोट, साउन १० । नेपालकै ठूलो झरना भनेर दाबी गरिएको पचाल झरनाको लम्बाइ ३ सय ८१ मिटर रहेको जिल्ला प्राविधिक कार्यालय कालिकोटले जनाएको छ ।

जिल्लाको प्राविधिक टिम र पचाल झरना गाउँपालिकाले २ दिन लगाएर गरेको अध्ययनले यो तथ्य पत्ता लगाएको हो । पचाल झरनाको उचाइ मापन गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, संघ सस्था, सुरक्षाकर्मी र करिब २ सयजना स्थानीयवासी संग्लन रहेको गाउँपालिकाका अध्यक्ष खड्क सेजुवालले जानकारी दिनुुभयो ।

पचाल झरनाको अध्ययन गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, संघ संस्था, सुरक्षाकर्मी र करिब २ सयजना संग्लन थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =