दुर्गा प्रसाईंलाई कारबाही गर्न माग, काँग्रेसले गरायो सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, साउन १३ । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँलाई कारबाहीको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका तीन सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्ति दिएर संविधान र कानुनको उल्लंघन गरेको भन्दै तीन काँग्रेस सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम कांग्रेस सांसद डिला संग्रौलाको प्रस्ताव तथा लक्ष्मी परियार र प्रमिला राईको समर्थनमा प्रस्ताव दर्ता गराइएको हो ।

प्रस्तावमा भनिएको छ, ‘उहाँले दिएको अभिव्यक्तिले नेपालको दशकौँ पुरानो मित्रराष्ट्र बंगलादेशसँगको कुटनीतिक सम्बन्धमा समेत ठूलो आँच पुर्याएको अवस्थामा निजविरुद्ध संविधान र कानुन बमोजिम तत्काल आवश्यक कारबारी गरियोस भनि यो प्रस्तावको सुचना दिएको छु ।’

प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत छात्राहरुमाथि यौन दुव्र्यवहार हुने गरेको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *