भरतपुर वडा नम्बर १९ मा मतदान जारी

साउन २०, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदान जारी छ । दिउँसो एक बजेसम्म ५६ प्रतिशत भोट खसेको छ । जीवनज्योती मतदान केन्द्रमा ८ सय भोट खसिसकेको छ । विहान पानी परेकोले मतदाताहरू कम अाएपनि पानी रोकिएपछि दिउँसो उत्साहजन रूपमा मतदान गरिरहेका छन् ।

भरतपुर-१९ का तीनवटा मतदानस्थलमा ६ वटा केन्द्र छन् । किरण मा वि मतदानस्थलमा एक हजार २ सय ४८, जीवनज्योति स्कूल गुञ्जानगरमा एक हजार ३ सय ६ र शारदानगर माविमा एक हजार २ सय ४३ गरी कुल तीन हजार ७ सय ९७ मतदाता छन् ।

भरतपुरमा रहेका निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले दलहरुसँग सहमति गरेर आजै मतगणना सुरु गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =