प्रेम प्रकाश परियारकाे ‘चरी बनी उडौ उडौं’ बजारमा (भिडियाेसहित)

काठमाडाैं, साउन १३ । हरितालिका तीज नजिकिएसंगै तीजका गीतहरू बजारमा अाउने क्रम जारी छ । एकपछि अर्काे गीत बजारमा अाउनेक्रमा  ‘चरी बनी उडौ उडौं’ बाेलकाे गीत भिडियाेसहित बजारमा अाएकाे छ ।

नवगायक प्रेम प्रकाश परियारकाे तीज गीत ‘चरी बनी उडौ उडौं’ भिडियाेसहित बजारमा अाएकाे हाे । गायक परियारकाे याे पहहिलाे प्रस्तुती हाे । किरणबाबु पुनको शब्द र संगीतमा रहेकाे गीतमा  प्रेम प्रकाश परियार र शान्ती श्री परियारकाे अावाज रहेकाे छ । यसै गरी सो गीतमा प्रकाश कंडेल ‘गुलेली कान्छा’ र करिश्मा ढकालले अभिनय देख्न सकिन्छ । गीतमा माया गरेका जाेडीले एकअर्काकाे बयान गरेकाे भावलाइ समेटिएकाे छ ।

बिक्रम चौहानकाे  निर्देशनमा रहेकाे गीत लाेकदाेहाेरी गायक तिलक परियारकाे अफिसिएल युटुव च्यानलबाट सार्रवजिनक गरिएकाे छ । गायक प्रेम प्रकाश परियार र तिलक परियार दाजुभाइ हुन् । याे गीतबाट लाेकदाेहाेरी क्षेत्रमा प्रवेश गरेका नवगायक परियारलाइ गीतकाे पुर्ण सफलता र अागामी दिनकाे लागि सफलताकाे कामना ।

https://www.youtube.com/watch?v=Bvs0Im-4FbM”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *