वाम एकताले लोकतन्त्रमा चुनौती देखिएको प्रधानमन्त्री देउवाको भनाइ

काठमाडौं, असोज ३१ । वाम एकताले लोकतन्त्रमा चुनौति देखिएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले आयोजना गरेको राष्ट्रिय रणनीतिक प्रशिक्षण कार्यक्रममा वोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

देउवाले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रलाई जोगाउन कांग्रेस एकजुट हुनुपर्ने उहाँको भनाइ थियो । लोकतन्त्र खतरामा परे मुलुकनै खतरामा पर्ने देउवाको टिप्पणी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =