सप्तरी १ मा पूर्व सांसदलाई पराजित गर्दै डा यादव विजयी

राजविराज,२४ मंसिर । प्रदेश सभातर्फ सप्तरी क्षेत्र नं ४ (‘क) मा वाम गठबन्धनका गोविन्दबहादुर न्यौपानेले १५ हजार ११३ मत ल्याएर विजयी भएका छन् ।

मुख्य निर्वाचन कार्यालयले आज सार्वजनिक गरेको मतपरिणमअनुसार उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सीताराम साहले ११ हजार ३९५ मत प्राप्त गरे । प्रदेश सभामा विजयी हुनुभएका न्यौपाने नेकपा एमाले सप्तरी जिल्ला अध्यक्ष छन् ।

सप्तरी १ मा पूर्व सांसदलाई पराजित गर्दै डा यादव विजयी

प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं १ मा संघीय समाजवादी फोरम नेपालका डा सूर्यनारायण यादव विजयी भएका छन् । जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार उहाँले २१ हजार ७१२ मत प्राप्त गरी विजयीभएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी पूर्व सांसद रहनुभएका बाम गठबन्धनका अशोक मण्डलले १८ हजार २२५ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =