भाेकमरीका कारण दिल्लीमा तीन बालिकाकाे मृत्यु

एजेन्सी । दिल्लीमा एक परिवारका तीन छोरीको भोकमरीका कारण मृत्यु भएको छ । द टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार तीन बालिकाको उमेर १० वर्षभन्दा कम छ ।

भोक र कुपोषणले पीडित यी बालिकालाई अस्पताल पुर्याउँदा उनको पहिले नै मृत्यु भइसकेको बताइएको छ । पोष्टमार्टम रिपोर्ट अनुसार ती बालिकाको पेटमा अन्नको एउटा पनि दाना थिएन ।

आठ वर्षीया मानसी, पाँच वर्षीया पारो र दुई वर्षीया सूखोलाई लाल बहादुर शास्त्री अस्पताल पुर्याइएको थियो । अस्पतालको चिकित्सा निर्देशक डाक्टर अमिता सक्सेनाले बालिकाहरुको खानै नपाएका कारण मृत्यु भएको पुष्टि गरेकी छिन् ।

बालिकाहरुको पिताको नाम मंगल हो र रिक्सा चालक हुन् । उनकी आमाको मानसिक स्थिती कमजोर बताइएको छ । उनी दिल्लीको मंडावली इलाकाको एक झुग्गीमा भाडाको कोठामा बस्थे ।

भाडा तिर्न नसकेका कारण उनीहरुलाई घरबाट निकालिएको थियो । मंगलको रिक्सा दुई हप्ता अघि चोरी भएको थियो त्यसपछि उनी कुनै काम गर्न पाइरहेका थिएनन् । घरमा पैसा नभएका कारण खाना बनिरहेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *