बस दुर्घटनामा दुईजनाको मृत्यु

कात्तिक ३, जाजरकोट । भेरी नगरपालिका–१ रिम्नाबाट सुर्खेततर्फ जाँदै गरेको काँक्रेबिहार यातायात समितिको मे१ख ७२२ नंको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने, बसमा सवार १२ जना घाइते भएका छन् । छिन्चु जाजरकोट सडकको सिम्ता गाउँपालिकास्थित बालीखोला नजिकैको भिरबाट बस तीन सय मिटर तल भेरी नदीमा खसेको प्रत्यक्षदर्शी पशुपति शाहीले जानकारी दिए ।

बसमा २५ जना यात्रु सवार थिए । मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =