ओपो बुगीवुगीद्वारा टप थ्री फाइनलिस्टको घोषणा, अगष्ट ४ मा उपाधीविजेता घोषित हुने

काठमाडौं । सेल्फी एक्स्पर्ट तथा लिडर, ओपोद्वारा प्रमुख प्रायोजन गरिएको नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्रान्चाइज्ड टेलिभिजन डान्स रियालिटी शो, ओपो बुगीवुगीसिजन–१ कार्यक्रमको अन्तिम चरणमा आइपुगेको छ ।

जुलाइ २० मा दर्शक भोटिङका आधारमा कार्यक्रम मार्फत अन्तिम ३ प्रतिस्पर्धीका रुपमा कविता नेपाली, प्रगती पुन र सरोज मोक्तान छनोटमा परेका छन् ।

अब अगष्ट ४ मा आयोजना हुने फाइनल राउण्डमा आफ्ना उत्कृष्ट नृत्य प्रदर्शनीका साथमा दर्शकको मन जित्दै भोट बटुल्न ‘टप थ्री’बिच प्रतिस्पर्धा हुनेछ ।

‘नेपालका यूवा प्रतिभालाई प्रतिभा प्रस्फुटनका लागि नयाँ मञ्च प्रदान गर्दै नेपाललाई सम्भावना बोकेका नयाँ कलाकार पस्कने कार्यमा सफलताले हामी निकै प्रोत्साहित छौँ । एपीवानसंगको सहकार्य मार्फत अघिल्लो बर्ष नेपाल आयडल र यस बर्ष बुगीवुगीमार्फत सफलतापूर्वक हामीले देशलाई धेरै यूवा कलाकार दिन सफल भएका छौँ ’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

ट्राओले भने ‘कुनैपनि कार्यक्रमको प्रायोजन गर्दा देशका यूवा पुस्ताले त्यसको प्रत्यक्ष लाभ उठाउन सकुन् भन्ने हाम्रो चाहना हुन्छ । दर्शक माझ कार्यक्रम तथा यसमा सहभागी प्रतिभाकोे बढ्दो लोकप्रियताले हाम्रो उद्देश्यमा हामी सफल भएको हामीले मानेका छौँ ।’


ओपो बुगीवुगीका विजेताले नगद रु २५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी, दोस्रो हुनेलाई रु ६ लाख र तेस्रो हुनेले रु ४ लाख पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

‘कार्यक्रमको शुरुवात गर्दा हामीले मात्र एकजना विजेतालाई रु २५ लाख नगद पुरस्कार स्वरुप दिने निर्णय गरेका थियौँ । तर, हामीले भरखरै दोस्रो र तेस्रो हुनेलाई पनि खालि हात नहोस् भन्ने तिर ध्यानदिएर तिनका लागि पनि पुरस्कार राशीको ब्यवस्था गरेका हौँ ’ कार्यक्रमका निर्देशक एलिन श्रेष्ठले भने ।

उनले भने, ‘अन्तरराष्ट्रिय स्तरमै कार्यक्रम सञ्चालन गर्न सकेकोमा हामी निकै गौरवान्वित छौँ । ओपोसंगको सहकार्यद्वारा सञ्चालित कार्यक्रमले उपलब्ध गराएको प्ल्याटफर्म मार्फत सबै सहभागीको भविष्य उज्वलहोस् भन्नु नै हाम्रो चाहना हो ।’

कार्यक्रमको अन्तिम प्रतिस्पर्धा र विजेताको घोषणा यही अगष्ट ४ मा दर्शकको भोटका आधारमा गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *