धेरै विश्वास गरेको मान्छेले मट्टीतेल खन्याएर जिउँदै जलाउन खोजेपछि

काठमाडौँ: भनिन्छ नारी जीवित देवी हुन् । यो संसारको सृष्टिकर्ता पनि नारीलार्इ मानिन्छ । आमाको रूपमा नारीलार्इ पूजा समेत गरिन्छ । तर, देविकी प्रतिरूप तिनै नारीलार्इ यही समाजका सदस्यले जिउँदै जलाउन खोज्छन्, जीवनको तार चुडाँइदिने कुचेष्टा पनि गर्छन् । देवीकी प्रतिरूप एक नारीले आफूलार्इ प्रेम गरेका व्यक्तिबाटै जीवन मरणको दोसाधमा पुग्नुपरेको छ । १३ वर्षदेखि काठमाडौंको पैँयौटार मिलनबस्तीमा बस्दै आएकी ३० वर्षीया शोभा राईलाई हिजो जसले मायाजालमा फसायो आज उसैले जिउँदै जलाएर मार्न खोजेको छ। खोटाङ स्थायी घर भएकी शोभा राईले १४ वर्ष अगाडि स्थानीय राजु श्रेष्ठसँग प्रेम विवाह गरेकी थिइन् । त्यही प्रेम बिहे आज उनका लागि अभिषापमा परिणत भएको छ । आफूले धेरै माया गरेर सबैभन्दा धेरै विश्वास गरेको मान्छेले मट्टीतेल खन्याएर जिउँदै जलाउन खोजेपछि चोटैचोट बोकेर उनी अहिले न्याय खोजिरहेकी छिन् ।

गहभरि आँसु बनाउँदै शोभाले भनिन्, ‘सानैमा आमा बाबुले छाडेर गए, अहिले पतिले जिउँदै आगो लगाइदिए ।’ सानैमा आमा बाबु गुमाएकी शोभाले सँगै बाँच्ने सँगै मर्ने वाचा गरेर राजुलार्इ जीवनसाथी रोजेकी थिइन् । सँगै बाँच्ने, सँगै मर्ने वाचा गर्दा उनले राजुबाट यसरी राक्षसी व्यवहार होला भन्ने उनले कल्पना पनि गरेकी थिइनन् । जुन बेला उनीसँग राजुले प्रेमका फूल फुलाए, त्यो बेला उनले आफुलाई माया गर्नेले अर्कैको अंगालो रोज्छ भन्ने कुरा सोचेकी पनि थिइनन् । दुर्इ छोरी र एक छोराकी आमा शोभा यतिबेला क्षेत्रपाटीस्थित पिपुल्स अस्पतालमा छट्पटाइरहेकी छन् । हरेक दिन यातना दिएपछि आठ वर्ष अघि छोडेर हिँडेका पति अहिले सुध्रिएको भन्दै कोठामा बास दिनु नै उनका लागि जीवनको सबैभन्दा ठुलो गल्ती हुन पुग्यो ।
राजुसँगको सम्बन्धबाट जन्मेका छोराछोरीको जन्मदर्ता गराउन माग गर्दा शोभामाथि मट्टीतेल हालेर आगो लगाइदिए । गहभरि आँसु बनाउँदै शोभाले भनिन्, ‘सानैमा आमा बाबुले छाडेर गए, अहिले पतिले जिउँदै आगो लगाइदिए ।’
उनकी एउटी दिदी छिन् जसलार्इ पनि पतिले रक्सी खाँदै कुट्ने गरेका छन् । ‘मलाई सहयोग गर्न सक्ने अवस्थामा कोही छैनन्’, उनले भनिन्, ‘पतिले छाडेर गएपछि जेनतेन विदेशी पर्यटकका लागि टोपी बुनेर गुजारा चलाउँदैथिए । कहाँबाट आएर बिचल्ली गरिदियो ।’
टुहुरी शोभाले हाँसिखुशी जीवन बिताउने लोभमा राजुको मायाजालमा फस्नु अभिशाप सावित भयो । अहिले न त उनीसँग नागरिकता छ, न त बिहे दर्ता प्रमाणपत्र नै । नागरिकता र विवाह दर्ताको कुरा झिक्नेबित्तिकै उनले पतिको कुटार्इ खानुपर्छ । छोराछोरीको जन्मदर्ता गराउन नसक्दा उनीमाथि अझै तनाव थपिएको छ।
यो समयमा उनीसँग उपचार गर्ने खर्च छँदैछन्, केबल छ त जलेको घाउ र पीडाले भरिएको मन । उनको उपचारमा खटिएका चिकित्सकहरुले पनि राम्रो उपचार भए छिट्टै ठिक हुने बताएका छन् । शोभालार्इ राक्षसी स्वरूमा देखाएका पतिले आगो लगाउँदै गर्दा ११ वर्षीय छोरा आइपुगेर बचाए । छोराले आगो ननिभाएको भए उनी यो संसारमा रहन्नथिइन् । छोराले आगो निभाइदिएकाले उनको अनुहार खासै जल्न पाएन । छाति, पेट, र खुट्टाको केही भाग जलेको छ । समयमै उपचार गर्न सकेमा उनको घाउ चाँडै निको हुने थियो ।
यो समयमा उनीसँग उपचार गर्ने खर्च छँदैछन्, केबल छ त जलेको घाउ र पीडाले भरिएको मन । उनको उपचारमा खटिएका चिकित्सकहरुले पनि राम्रो उपचार भए छिट्टै ठिक हुने बताएका छन् । शोभाका कोही आफन्त नभएकाले उपचार खर्च धान्न सक्ने अवस्था छैन । उपचार खर्चको अभावमा उनलाई अस्पतालले डिस्चार्ज गरिदिएको छ । शोभा भन्छिन्, ‘अब भगवान भरोसा बाँचेकी छु, जे–जे हुन्छ–हुन्छ ।’
आफ्नै आँखा अगाडि आमालाई बाबुले जलाएपछि ११ वर्षीय सुरज त्रसित छन् । ‘बाबाको फोन लागिरहेको छ तर प्रहरीले समातेको छैन, मैले फोन गर्दा गाली गर्नुहुन्छ’, सुरजले भने, ‘फेरि आएर यस्तै गर्नुहुन्छ होला । आन्टी हामीलाई बचाउनुस…’ यति भनेपछि उनका गला अवरुद्ध भए । उनका दुई छोरीलार्इ एउटा संस्थाले लगेर पढाइदिएको छ । एक छोरालार्इ अर्काको काम गरेरै भएपनि सँगै राखेर शोभाले पढाइरहेकी छन् । तर बाबु आमाको झगडाले उनको पढार्इ बिग्रेको छ ।
‘बाबाको फोन लागिरहेको छ तर प्रहरीले समातेको छैन, मैले फोन गर्दा गाली गर्नुहुन्छ’, सुरजले भने, ‘फेरि आएर यस्तै गर्नुहुन्छ होला । आन्टी हामीलाई बचाउनुस…’ यति भनेपछि उनका गला अवरुद्ध भए । महिला हिंसाबिरुद्ध सक्रिय संघ–संस्था र प्रहरी आफुलाई न्याय दिलाउन नसक्ने भन्दै उनले अक्रोश पोखिन् । ‘जुन प्रहरीले आफुलाई अस्पतालसम्म पुर्यायो, त्यही प्रहरीले रिपोर्ट गर्न चौकी बोलाउँछ’, उनले भनिन्, ‘त्यसले के न्याय देला < म र मेरा बालबच्चा डर त्रासमा कहिलेसम्म बाँच्ने ? के गरिबले न्याय पाउदैनन् र ?
‘जसको पहुँच छ, उसलाई प्रहरीले समात्नु हुँदैन ?’, उनले प्रश्न गरिन् । उनका गुनासा र प्रश्न कसले र कहिले सुनिदेलान् ?








