फिफा कन्फेडेरेसन कपमा सहभागीता जनाउने ८ टोली कुन-कुन हुन् त ?

एजेन्सी । फिफा विश्वकप २०१८ को वार्म अप प्रतियोगिताको रुपमा हेरिएको फिफा कन्फेडेरेसन कप आगामी शनिबारबाट रसियामा सुरु हुँदैछ । करिब २ सातासम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता रहने छ । ६ महादेशका च्याम्पियनसँगै विश्वकप विजेता र आयोजक टोलीको सहभागिता रहने यस प्रतियोगितामा यस पटक युरोपका तिन टोली रहेका छन् । सहभागीता जनाउने ८ टोली कुन-कुन हुन् त ?

१.रसिया -आयोजक राष्ट्र

२. जर्मनी – फिफा विश्वकप विजेता

३. पोर्चुगल – युरो कप विजेता

४. अष्ट्रेलिया – एसियन कप विजेता

५. चिली – कोपा अमेरिका विजेता

६. क्यामरुन – अफ्रीका कप अफ नेसन्स विजेता

७. मेस्क्सिको – कोन्काकाफ गोल्ड कप विजेता

८. न्युजिल्याण्ड – ओसेनिया कप च्याम्पियन

सहभागी ८ राष्ट्रहरुलाई २ समूहमा विभाजन गरिएको छ। समुहको शीर्ष २ स्थानमा रहने टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *