मदन–शिला साहित्यिक पुरस्कार पोखरेल, घिमिरे र पन्थीलाई

काठमाडौँ, साउन ८ । मदन–शिला प्रतिष्ठानले ‘मदन–शिला साहित्यिक पुरस्कार –२०७४’ वितरण गरेको छ ।

प्रतिष्ठानले मंगलबार साहित्यकार तथा पत्रकार मदनदेव भट्टराईको ८६औँ जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा ‘मदन–शिला साहित्यिक स्रष्टा पुरस्कार’बाट बालकृष्ण पोखरेललाई तथा ‘मदन–शिला साहित्यिक पुरस्कार’बाट शिवानी घिमिरे र शशी पन्थीलाई संयुक्त रुपमा प्रदान गरिएको प्रतिष्ठानका सदस्यसचिव मणिदेव भट्टराईले बताए ।

उनीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दोसल्ला ओढाई नगदसहित पुरस्कार प्रदान गरेका हुन् । पोखरेललाई नगद रु एक लाख एक हजार, घिमिरे र पन्थीलाई नगद रु ५० हजार ५०० सहित उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार वितरण गर्दै प्रतिष्ठानका कुलपति उप्रेतीले नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताए । पोखरेललाई नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदान तथा घिमिरे र पन्थीलाई नेपाली भाषा तथा साहित्यको समुन्नतिका लागि नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत प्रदान गारिएको प्रतिष्ठानका सदस्यसचिव भट्टराईले जानकारी गराए ।

यसअघि उक्त मदन–शीला स्रष्टा सम्मान मदनमणि दीक्षित, प्रेमा शाह र किरण खरेल तथा साहित्यिक पत्रकारिता पुरस्कारबाट रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई प्रदान गरिएको थियो ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *