तत्काल व्यवसायी बलुको हत्यारा चाहियो ? (फोटो फिचर)

काठमाडौँ, पुष २१ । एमाले कार्यकर्ता सँगै फर्निचर व्यवसायी समेत रहेका बलु (बसन्त) पौडेलको हत्या गरिएपछि रुपन्देही अशान्त बनेको छ । एमाले निकट युवा संघ नेपालले हत्याराको तत्काल पहिचान गर्नुपर्ने भन्दै विरोधमा उत्रिएर चक्का जाम गरेका हुन् ।

 

 

आज शुक्रबार करिब साढे एघार बजे पौडेलका उपचारका क्रममा निधन भएको थियो । यससँगै युवा संघले हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै अनिश्चितकालीन जिल्ला बन्दको आह्रवान गरेको छ ।

टाउको र छातीमा गोली लागेका उनको उपचारका क्रममा निधन भएको छ । पौडेलको हत्याको जिम्मा मनोज पुनः समूहले लिएको संचारकर्मीले जानकारी गराएका छन्। तर यसबारेमा प्रहरीले केही खुलाएको छैन । अनुसान्धान भइहरेको बताइएको छ।

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =