पाल्पाको रामपुरलाई आँखा जाँच गर्ने आधुनिक हाते मेशिन

पाल्पा, भदौ १४ ।  कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुरलाई आँखा जाँच गर्ने आधुनिक हाते मेशिन पोर्टेबल स्टीलल्याम्प सहयोग प्राप्त भएको छ ।

जापानी नागरिक डा इबाटा रिकाबाटाको सहयोगमा करिब रु तीन लाख बराबरको आँखा जाँचगर्ने हाते आधुनिक मेशिन सहयोग प्राप्त भएको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले जानकारी दिए ।

सो मेशिन मंगलबार जापानी समाजसेवी काजुमासा काकिमी ओकेबाजेले उपचार केन्द्रका अध्यक्ष पोखरेललाई हस्तान्तरण गर्नुभयो । यस मेशिनलाई सही सदुपयोग गरेर यस क्षेत्रका जनतालाई सहज सेवा प्रवाह गर्न ओकेबाजेले आग्रह गरे ।

यस आँखा अस्पतालमा आँखा जाँच गर्ने आधुनिक हाते मेशिन नहुँदा विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्न समस्या आइपरेको अस्पतालका इन्चार्ज सुन्दर राना बताउँछन् । अब यो मेशिन स्थलगत आँखा शिविर सञ्चालन हुँदा प्रयोग गर्न पाइने भएपछि उपचारमा थप सेवा दिन सहज हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =