प्रेमिल जोडीले गरे आत्महत्या

काठमाडौं, साउन १६ । नेपालको सबैभन्दा अग्लो पुल कुस्मा ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

पुलबाट हामफालेर आत्महत्या शिर्षकमा नेपाल समाचारपत्रमा प्रकाशित खबरअनुसार आत्महत्या गर्नेमा :
-धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षीय अकिन गुरुङ
-ललितपुर उपमहानगरपालिका १४ ढिलाहिटीकी २५ बर्षीय मुना राना छन् ।

थप खबरअनुसार पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार राति यो जोडीले आतमहत्या गरेका हो ।

रातोपाटीका लागि नेपाल समाचारपत्रबाट लिइएको खबरअनुसार जोडीको शव आइतबार बिहान मोदीखोला किनारबाट प्रहरीले निकालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =