भियतनाममा तेह्र जना माझी वेपत्ता, खोजी जारी
२०७४ जेठ १५ गते

हनोई, माघ २ । माछा मार्ने डुङ्गामा रहेका बेला हराइरहेका १३ जना भियतनामी माझीहरूको खोजी भइरहेको छ । गत जनवरी ९ तारिखका दिन माछा मार्ने दुई ओटा डुङ्गा उत्तरी हाई फोङ सहरदेखि दक्षिणपूर्वमा पर्ने सामुद्रिक क्षेत्रमा डुबेको अधिकारीहरूले बताएका छन् ।
ठूलो हावाहुरीका कारण डुङ्गा डुब्दा ११ जना हराइरहेको भियतनामी समाचार समितिले सोमबार समाचार लेखेको छ ।
त्यही दिन अर्को एउटा डुङ्गा पनि मुख्य ठाँउबाट सम्पर्कबिहीन भएको थियो । सो डुङ्गामा सात जना माझी रहेका थिए ।
डुङ्गामा रहेका मध्ये दुई जनालाई उद्धार गरिएको थियो भने अरु अझै पनि बेपत्ता नै रहेको अधिकारीहरूले बताएका छन् ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








