वैदेशिक रोजगार विभागका दुई कर्मचारी १० लाख घुससहित पक्राउ
२०७४ जेठ १५ गते


कात्तिक २९, काठमाडौं । वैदेशिक रोजगार विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घुस लिंदालिंदै पक्राउ परका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्ग केसीलाई सेवाग्राहीसँग घुस लिंदै गरेको अवस्थामा रंगेहात फेला पारेको हो ।
कर्मचारीद्धयलाई काठमाडौंको इन्द्रेणी फुडल्याण्डमा सेवाग्राहीसँग १० लाख लिंदै गरेको अवस्थामा प्रक्राउ गरेको अख्तियार स्रोतले बतायो । उनीहरुले एक म्यानपावर कम्पनीको काम गराइदिने भन्दै उक्त रकम माग गरेपछि सेवाग्राहीले अख्तियारमा सूचना दिई अख्तियारबाटै रकम लिएर मंगलबार साँझ दिएका थिए ।
अख्तियारको टोलीले दुवै जनालाई पक्राउ गरेपछि घटनास्थलमा नै मुचुल्का गर्ने काम गरेको थियो । कुन म्यानपावर कम्पनीसँग ती दुई कर्मचारीले घुस लिएका थिए भन्ने कुरा अख्तियारले सावर्जनिक गरेको छैन ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








