फेसबुकको प्रोफाइल र कभर तस्बिर डाउनलोड वा सेयर गर्न नमिल्ने

एजेन्सी । फेसबुकले प्रोफाइल र कभर तस्बिर कसैले पनि डाउनलोड वा सेयर गर्न नसक्ने गरी नयाँ टुलको विकास गरेको छ । फेसबुक प्रयोगकर्ताले राखेका तस्बीरहरू आफैंमा सुरक्षित गर्न फेसबुकले यस्तो टुल विकास गरेको जनाएको छ । यो टुलको प्रयोग भने अहिलेलाई भारतमा मात्र हुनेछ । भारतमा गरिएको अभ्यासको आधारमा अन्य देशमा पनि यो प्रविधिको सुरुवात गर्ने फेसबुकले जनाएको छ । फेसबुककी प्रोडक्ट म्यानेजर आरती सोमनले भनिन्, ‘भारतमा गरिएको अभ्यास र प्रयोगको आधारमा यो टुल अन्य देशमा पनि सुरू हुन्छ ।’

उनले फेसबुकमा नयाँ टुल जोडिएपछि प्रयोगकर्ताले प्रोफाइल तस्बिर डाउनलोड र सेयर गर्न नसक्ने बताईन् । यसैगरी फेसबुकमा साथी नभएकाहरुले ट्याग पनि गर्न नसक्ने बताईन् । ‘यस टुलको मद्दतले तस्बिरहरुको गलत प्रयोग हुनबाट रोक्न सकिन्छ,’ उनले भनिन् । फेसबुकमा गरिएको एक अध्ययनले फेसबुक प्रयोगकर्ता महिलाहरु आफ्नो तस्बिरको गलत प्रयोग हुन जाने डरले अनुहार देखिने प्रोफाइल तस्बिरहरू हाल्न डराउने गरेको समेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =