यस्ता छन् अाजका विभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय

काठमाडाैं, साउन ४ । सरकारले कर उठाउँ र समाजमा शान्तिसुरक्षा बहाल गर्छ । आफ्नो शासन आफै गर्छ ।  जनतासामु गरेका कबोल पुरा गर्ने प्रयास गर्छ । गरे÷नगरेको विधायिकाले नियमित परीक्षण गर्छ ।  तर कर उठाउ शासन आफै गर भन्ने, अधिकार नदिने । एकजना मुख्यमन्त्रीले मुख फोरेअनुसार प्रदेश सरकारहरुले शासन पाए, शासन पाएनन् ।, आजकोकान्तिपुर‘आसन पाए शासन पाएनन्’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

दुईजना नेताको सयुक्त नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका एक अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले कामभन्दा बढी गफ मात्र गरेको भनी सर्वत्र आलोचना भैरहेको बेला सरकारले गरेका हरेक निर्णय विवादास्पद बन्दै गएका छन् ।, आजको नेपाल समाचारपत्रमा ‘सरकारको हरेक कदम विवादास्पद’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

सर्वोच्च अदालतले सोमबार बीपी राजमार्गमा ३२ सिट क्षमताका सवारी साधान सञ्चालन गर्न सकिने आदेश जारी गरेको छ ।  गत जेठ १३ गतेको मन्त्रिस्तरीय निर्णयले धुलिखेल सिन्धुली बर्दिबास सडक खण्डमा ठुला सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो ।  तत्कालीनका लागि विपी राजगमार्गमा कसरी व्यवस्थित गर्ने र बढी भार भएका सवारी साधनलाई कडाईका साथ रोक्ने भन्नेतर्फ जानुपर्छ ।, आजको गोरखापत्र दैनिकमा ‘बीपी राजमार्गको संरक्षण’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

चिकित्सा शिक्षाका विकृति अन्त्यका निम्ति जुम्लाको कर्णालीमा २० दिनदेखि सत्याग्रह गरिरहेका डा. गोविन्द केसीलाई बलातृ राजधानी काठमाडौं ल्याउने क्रममा भएको सरकारी ज्यादतीको जति आलोचना गरे पनि कम हुन्छ ।  डा. केसीका हातमा राज्य संयन्त्रको जस्तो सेना, प्रहरी र प्रशासनको डण्डा छैन । नैतिक बलका मामिलामा यिनको जोडा समकालीन नेपालमा कोही छैन भन्दा अत्युक्ति हुँदैन ।, भन्दै आजकोनागरिकदैनिकमा ‘अहिंसामाथि राज्य—हिंसा’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *