बर्दियाको कुन तहमा कति स-शर्त अनुदान आउँदै ?

बर्दिया,असार ३० । नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले स्थानीय तहको सशर्त अनुदान अन्तर्गत अन्तरसरकारी वित्तिय हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षको लागि शिक्षा, स्वास्थ्य, कृषि बिकास र पशु बिकास, मन्त्रालयका संवेदनशिल कार्यक्रम तथा कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरुको तलब समेतका लागि स्थानिय तहका ७४४ वटा निकायहरुलाई सशर्त अनुदानको रुपमा रु। ७६ अर्ब ४१ करोड ४७ लाख ५८ हजार हस्तन्तरण गरेको हो ।

बर्दियाका आठ स्थानिय तहका लागि सरकारले हस्तान्तरण गरेको सशर्त अनुदान रकम हेर्ने हो भने सबैभन्दा धेरै बाह्रबर्दिया नगरपालिकामा परेको छ भने सबैभन्दा कम रकम ठाकुरबाबा नगरपालिकाका लागि छुट्ट्याईएको छ ।

बर्दियाका स्थानिय तहहरुमा विभिन्न कार्यक्रमका लागि छुट्ट्याईएको स-शर्त अनुदान रकम:(रकम रु हजारमा)
१० गुलरिया नगरपालिकाका लागि – १५३,८३१
२० ठाकुरबाबा नगरपालिकाका लागि – ९०,६२४
३० बासगढी नगरपालिकाका लागि( १५१,०२९
४० मधुवन नगरपालिकाका लागि – १०५,४५६
५० राजापुर नगरपालिकाका लागि( ११२,१६७
६० बाह्रबर्दिया नगरपालिकाका लागि( १५३,८७३
७० गेरुवा गाउँपालिकाका लागि( १०१,४५२
८० बढैयाताल गाउँपालिकाका लागि( ११८,९८१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *