निर्वाचन कानून र मान्यताहरुलाई सरकारका तर्फबाट कुनै चासो दिइएन

असार ९, काठमाडौं । उम्मेदवारसँग पार्टी भित्रैबाट पैसा माग्ने तथा टिकट दिलाइदिन्छु भन्दै घुस खानेहरुलाई कारबाही गरिने एमाले महासचिव इश्वर पोखरेलले बताउनु भएको छ । चुनावी प्रचारप्रसारको सिलसिलामा बिराटनगर पुगेका एमाले महासचिव पोखरेलले पार्टी भित्र उमेदवारसँग घुस लिएर टिकट दिनेहरुलाई कारबाही गरिने बताउनु भएको हो ।मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाका एमाले उम्मेदवारसँग पार्टीकै एक नम्बर प्रदेश कमिटीका नेताले २१ लाख घुस मागेको प्रकरण बाहिर आएलगत्तै एमाले महासचिवको यो प्रतिक्रिया आएको हो । उम्मेदवार बन्न २१ लाख कमिसन मागेपछि मधुमल्लाका पुराना एमाले नेता भेषराज काफ्लेले पार्टी परित्यागको घोषणा गरिसकेका छन् । घुस माग्नेमाथि कारबाही गर्न माग गर्दापनि पार्टीले सुनुवाई नगरेको काफ्लेको गुनासो रहेको छ । शुक्रबार प्रेस चौतारी बिराटनगरले गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले बागी, बिद्रोही सवै उम्मेदवारलाई ५ वर्षसम्म पार्टी सदस्य नरहने गरी कारवाही गरिने प्रष्ट पार्नुभयो ।

‘सत्ताधारी नेताले आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आयोग लाचार’

एमाले महासचिव पोखरेलले सरकारमा रहेका दलका नेता कार्यकर्ता नै निर्वाचन आचारसंहिता उल्लंघनमा उद्दत रहँदा निर्वाचन आयोग लाचार बनेको आरोप लगाउनु भएको छ । गृहमन्त्री लगायतका सरकारका मन्त्रीहरु स्वयम् निर्वाचन आचारसंहिता विपरित चुनावी अभियानमा हिँडेपछि उनले आरोप लगाएका हुन । नेता पोखरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा समेत संवैधानिक हैसियतको आयोग बोल्न नसक्ने, सुन्न नसक्ने अवस्थामा पु्गेको भन्दै भने, ‘कानूनी हैसियतमा आयोग रहन सकेन । निर्वाचनको मुखमा सरकारका मन्त्रीहरुले व्यापकरुपमा आचारसंहिता उलङ्घन गर्दा पनि आयोग मौन रहनु संकास्पद छ ।’

उनले थपे, ‘गृहमन्त्रीको गतिविधि भद्दा छ, उनी चौकी बनाउँछु भन्दै प्रहरी कार्यालय धाउँछन्, सचिव हेरफेरदेखि द्धन्द पीडितका नाममा ६ अर्ब निकासा गर्ने कामले निर्वाचन आचारसंहिता ठाडो उलङ्घन भएको छ ।’ निर्वाचन कानून र मान्यताहरुलाई सरकारका तर्फबाट कुनै चासो नदिइएको बताउँदै पोखरेलले सरकार विवेकहीन, गन्तव्यहीन तरिकाले प्रस्तुत भएको आरोपसमेत लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =