वेश्यावृत्तिको धन्दा चलाउने सपना र उनका श्रीमान् विवेक पक्राउ

३१ जेठ, काठमाडौं । वेश्यावृत्ति गराएको आरोपमा एक जोडी सहित चारजना पक्राउ परेका छन् । गेस्ट हाउसमा कोठा भाडामा लिएर वेश्यावृत्तिको धन्दा चलाएको आरोपमा सपना विक र उनका श्रीमान् विवेक केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले गोंगबुको शुभलक्ष्मी गेस्ट हाउसका कोठा भाडामा लिएर युवतीहरूलाई राखी वेश्यावृत्ति गराउँदै आएको प्रहरीले जनाएको छ । गेस्ट हाउसका सञ्चालक प्रमोद पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । साथै उक्त अखडामा जाने ग्राहक झापाका मोदबहादुर कार्कीलाई पनि महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी कारबाही अघि बढाएको छ ।

दुई साताअघि पक्राउ गरी उनीहरू विरुद्ध मानव वेचविखन मुद्दामा कारबाही अघि बढाइएको महाराजगन्ज वृत्तका डिएसपी गोबिन्द पुरीले बताए । उनीहरूले गोरखाका तीन किशोरीलाई जागिर लगाइदिने भन्दै उक्त गेस्ट हाउसमा राखेर जबर्जस्ती वेश्यावृत्तिमा लगाएका थिए । २० वैशाखदेखि २ जेठसम्म आफूहरूलाई वेश्यावृत्तिमा लगाइएको उनीहरूले बताएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =