‘हामी नेपाली–हाम्रो नेपाल’ भन्न लजाउनेहरु चुनावबाट बढारिन्छन् : ओली

मंसिर १८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले हुँदै नभएको ‘बहुराष्ट्र’ लाई चुनावी नारा बनाएको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले संविधान संशोधन गर्ने र बहुराष्ट्रको माग सम्बोधन गर्ने प्रतिवद्धता पूरा गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति पनि दिए । सोमबार काठमाडौंको कपनमा आयोजित बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई खण्डित गर्न खोज्नेहरुलाई जनताले निर्वाचनमार्फत् पराजित गर्ने दावी समेत गरे ।

अध्यक्ष ओलीले मधेश केन्द्रित दलहरुप्रति लक्षित गर्दै हामी नेपाली, हाम्रो नेपाल भन्न लाज मान्नेहरुलाई जनताले निर्वाचनमा पराजित गरिदिने पनि बताए ।

अध्यक्ष ओलीले जातीयताका आधारमा ‘बहुराष्ट्र’ भन्नेहरुलाई साथ दिएर काँग्रेसले मुलुकलाई टुक्रयाउन खोजिरहेको आरोप पनि लगाए । उनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने चाहना पूरा हुन नदिने अडान पनि दोहोर्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *