समाजसेवी जोशीले बाँडे शीतलहर पीडितलाई ‘न्यानो’

भिमदत्तनगर, माघ ५ । कञ्चनपुरका  समाजसेवी पिताम्बर जोशीले शीतलहर पीडितलाई कम्बल बितरण गरेका छन् ।

शुक्रबार महेन्द्रनगरको उत्तर पश्चिम ब्रह्मदेव र खल्ला मच्छेट्टी छेत्रमा रहेका गरीब तथा पिछडिएका समुदायलाई जोशीले १२० थान कम्बल बितरण गरे । जोशीले महेन्द्रनगर नगरपालिकाका पूर्व मेयर एवं कांग्रेस नेता यज्ञराज जोशीमार्फत स्थानीयलाई ती कम्बल हस्तान्तरण गरेका थिए ।

अमृत डिस्टिलरी प्रालिका प्रवन्ध निर्देशक पिताम्बर जोशी कञ्चनपुर उधोग बाणिज्य संघका सदस्य समेत हुन् । उनले ब्यक्तिगत लगानीमा विभिन्न समाजसेवाका काम गर्दै आइरहेका छन् ।

 

जाडोले सास्ती खेपीरहेका गरीब, तथा पिछडिएका समुदायलाई न्यानो बितरण गर्न पाउँदा अत्यन्तै खुशी लागेको जोशीले बताए । उनले कांग्रेस नेता एवं पूर्वमन्त्री रमेश लेखकको आग्रहमा भिमदत्तनगरको सबैभन्दा पिछडिएको क्षेत्र खल्लामच्छेट्टी छनौट गरेको पनि जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =