अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए
२०७४ जेठ १५ गते

काठमाडौं, माघ २४ । मानव तस्करहरुले अवैधानिक रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा साउदी अरब पुर्याएका छन् । अधिकांश महिलालाई कुवेत हुँदै साउदी पुर्याइएको हो । आजको कान्तिपुरको चौथो पृष्ठमा यो खबर छापिएको छ ।
समाचारमा लेखिएको छ, हाउसमेडमा पठाउन प्रतिबन्धित साउदीमा कुवेतका मानव तस्करले तेस्रो बाटो प्रयोग गरेर लैजाने गरेका छन् । साउदी सरकारले आफ्नो देशमा कार्यरत घरेलु महिला कामदारको यो तथ्यांक नेपाली दूतावासलाई एक महिनाअघि उपलब्ध गराएको थियो ।
कुवेतको आवासीय भिसा लगाई अस्थायी रुपमा साउदी पुर्याइएका महिला कामदारको संख्या भने यसमा समावेश छैन । कुवेत वा साउदीबाट फर्केका महिलालाई पुनः श्रमस्वीकृति गरी पठाइएको छ । कोम कार्कीले खबर लेखेका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित










