निर्वाचनले भुलाउदै बाढीको पिडा

भदाै १९, गौर । साउनको अन्तिम साता आएको बाढीका कारण आक्रान्त बनेको रौतहटमा स्थानीय तहको निर्वाचनको रौनकसंगै बाढीको पिडा समेत हराउदै गएको छ । बाढीपिडितका लागि राहतको नाममा नेताहरू ग्यास चुल्हो सहित भोट माग्न थालेपछि गाँउगाँउमा बाढीको पिडा बिस्तारै हराउदै जान थालेको छ । नेताहहरु निर्वाचनमा व्यस्त रहन थालेपछि राहत नपाएका रौतहटका केही पीडित भने सरकारी निकायमा धर्ना कस्न थालेका छन् । बाढीले घर बगाएर बेघर बनाएका व्यक्ति पनि राहतबाट वञ्चित भएका छन् ।

तर, पछिल्लो समय रौतहटमा बाढीको भन्दा निर्वाचनको चिन्ताले नेता तथा स्थानीय दलका कार्यकर्तालाई सताउन थालेपछि पीडितको पक्षमा बोल्ने मान्छे नभएको गौरका पत्रकार राकेश यादवले बताए । राहत वितरणमा राजनीतिक भइरहेको पटक पटक विभिन्न सञ्चार माध्यमबाट समाचार प्रसारण हुँदा पनि स्थानीय प्रशासन केही गर्न सकेको छैन । स्थानीय पिपरा भलोहिया, बसतपुर, हजमीनियाका पीडितहरु दीनहु जिल्ला प्रशासन कार्यालय अगाडी नारा जुलुस धर्ना बसी प्रदर्शन गरे पनि प्रशासन माथि केही प्रभाव परेको छैन ।

असोज २ गते स्थानीय निर्वाचन हुने समय सरकारले निर्धारण गरेको बेला अचानक आएको बाढीको कारण थप चुनौती थपिएको हो । चुनावी वातावरण बन्दै गएको समयमा राहत वितरण चुनौती भएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताए । जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत राहत सामग्री पीडित समक्ष पुर्‍याउनु पर्नेमा सो प्रक्रिया नअपनाउदा अनियमित रूपमा राहत वितरण भइरहेको छ ।

चुनाव प्रभावित बनाउने कार्य राहतको बहानामा भइरहेको देखिएको छ । राजनीतिक दलबाट उम्मेदवार भएकाहरुले मतदाताहरुलाई प्रभावमा पार्ने काम गरेर निर्वाचन अचार सहिंताको उल्लंघन गरिरहेका छन । हजमीनियाको जामुन महतो, पवन किशोर साह, भोला महतो, बसतपुरका रघुनाथ मिश्रा, दिनेश यादवले राहतको बहानामा राजनीति भइरहेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार, राजपाका उम्मेदवारले आफ्नो कार्यकर्ताहरूलाई मुख हेरिहेरि राहतका सामानहरू दिने गरेको पीडितहरुको भनाइ रहेको छ । गत बुधवार आसमान नेपालले राहत वितरण गर्दा राजपा नेपालका भाग्य नारायण साह तेलीले आफ्नो वर्गको व्यक्तिलाई खोजी दिएको विरुद्धमा पीडितहरु प्राविधिक सहायक रामप्रवेश रामलाई घरैमा थुनेको थियो ।

पीडितहरुले राहत वितरणमा अनियमिता गरेको भाग्य नारायण साह, श्रीकिशुन साह, नागेन्द्र साह, राजाराम साहले अरू जातका पीडितलाई राहत नदिई आफ्नै नाता गोताका व्यक्तिलाई दिएको उनीहरूको दाबी छ । बसन्तपुरमा प्रभावित भएको घर सङ्ख्या १ हजार ३ सय १२ रहेको प्राविधिक सहाय रामले जानकारी दिए । पीडितहरुले प्रदर्शन गरिरहेको जानकारी प्राप्त भएपछि गएका सुरक्षाकर्मीहरुले पीडितलाई थप राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि रामलाई स्थानीयहरुले मुक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =