धरानको पानबारीबासीले चोरी नियन्त्रण गर्न युवा दस्ता खटाउने

धरान, पुस २२ । सुनसरीको धरानरमा ‘सिरियल चोरी’ को घटना बृद्धि भएसँगै धरान–६ पानबारीबासीले शान्तिसुरक्षामा युवा दस्ता परिचालन गर्ने भएका छन् ।

स्थानीयले शान्ति शुरक्षामा प्रहरीलाई सहयोग हुने गरी युवा दस्ता खटाउन लागेका हुन् । पछिल्लो समय चोरीको घटना वृद्धि भएपछि पानबारीबासी आजित बनेका छन् । यसका लागि इलाका प्रहरी कार्यालय धरानसँग शुरक्षाको प्रत्याभूति गराउन माग समेत गरेका छन् ।

शान्ति सुरक्षाको माग गर्दै वडा अध्यक्ष भूवनसिंह बस्नेतको नेतृत्वमा शुक्रबार पानबारीबासी इलाका प्रहरी कार्यलयमा डेलिगेसन गएका थिए । ‘आवश्यक परेको खण्डमा प्रहरीलाई सहयोग गर्ने गरी युवा दस्ता हामी खटाउँछौं ।’ वडा अध्यक्ष बस्नेतले डिएसपी रामेश्वर पौडेललाई भने ।

डेलिगेसनका क्रममा अध्यक्ष बस्नेतले चोरीका घटना नभए अन्य खालका घटनालाई नियन्त्रण गर्नको लागि प्रहरीले सहयोग मागेको खण्डमा युवाहरु परिचालन गर्ने बताए ।

केही दिन भित्र थप दुईजना प्रहरी परिचालन गरिने डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । हाल धरानको इलाका प्रहरी कार्यालयमा १२५ जना प्रहरीहरु कार्यरत छन् । दरबन्दी अनुसार ३० जना अझै अपुग रहेको छ ।

हाल उक्त क्षेत्रमा रहेको स्कुल, सामुदायिक वनलगायतमा चोरहरुले निशाना बनाइरहेका छन् । पछिल्लो दुई साता यता मात्रै करिव ७ वटा भन्दा बढी चोरीको घटना भइसकेको स्थानीय पत्रकार रणध्वज लोहारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =