फिफा यू–१७ विश्वकप फुटबलको उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्ने

एजेन्सी । फिफा यू–१७ विश्वकप फुटबलको उपाधिका लागि स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति भएको खेलमा स्पेनले मालीलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

स्पेनको जितमा बार्सिलोनाका युवा स्ट्राइकर अबेल रुइजले २ गोल गरे । रुइजले खेलको १९ मिनेटमा गोल गरेर स्पेनलाई अग्रता दिलाएका थिए । भने, उनले ४३ मिनेटनमा पेनाल्टीमार्फत गाेल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए । खेलकाे ७१ मिनेटमा फोरेन टोरेशले अर्को गोल गरेपछि स्पेन ३–० ले अघि बढ्यो । भने, ७४ मिनेटमा मालीका डिएले गरेको गोल सान्त्वनामै सीमित बन्यो ।

त्यसअघि भएको खेलमा इंग्ल्यान्डले ब्राजिललाई ३–१ ले नै पराजित गरेर फाइनलमा स्थान पक्का गरेकाे थियाे । इंग्ल्यान्डको जितमा रिहान ब्रेउस्टारले ह्याट्रिक गरेका थिए । उनले १०, ३९ र ७७ मिनेटमा गोल गरेका थिए । ब्राजिलका वेस्लेले २१ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *