दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना, पाँचको मृत्यु एक घाइते
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
सोल, साउन २ । दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ ।
दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दक्षिण कोरियाको पोहाङ भन्ने ठाउँमा सेनाको हेलिकोप्टर दुर्घटनामा परेको हो ।
हेलिकोप्टरमा रहेका छ जनामध्ये पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाइएको छ । घाइतेको उपचार भइरहेको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित