ओपोद्धारा यूके प्रवेशको घोषणा

काठमाडौँ, श्रावण २ । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले बजार विस्तारका क्रममा छिट्टै नै यूकेमा आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।

यूके स्थित बौद्धिक सम्पत्ति कार्यालय र यूरोपियन यूनियनको ईयूआईपीओ दुबैमा गरी ओपोले ४० नयाँ स्मार्टफोनका मोडल्स दर्ता गरेको बताइएको छ ।

यी स्मार्टफोन मोडल्स ओपो ए, ओपो एएक्स, ओपो एफएक्स, ओपो आर, ओपो आरएक्स र ओपो यूएक्स गरी ६ भिन्न स्मार्टफोन लाइन्स अन्तर्गतका हुन् ।

ओपोले दर्ता गराएका अधिकांश नामहरु हाल सम्म प्रयोग नगरिएका तथा भविष्यमा सार्वजनिक गरिने सम्भावना सहितका उपकरणहरु रहेको अनुमान गरिएको छ ।

ओपोले समग्र महादेश र यूकेमा आफ्नो ब्राण्डिङ रणनीतिको निरन्तरतालाई सोचमा राखि फ्यूचर जेनेरेशन्समा आधारित उपकरणहरु दर्ता गरेको देखिन्छ ।

यूकेमा आफ्नो ट्रेडमार्क दर्ता गरे देखि नै त्यहाँ आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने योजनाका बारेमा कम्पनीले घोषणा गरेको थियो । फोन कहिले देखि सार्वजनिक हुने भन्ने निश्चित मितिको घोषणा भने अझै हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *