दुई वर्षभित्र नारायणीमा नेपाली झण्डाबाहक पानीजहाज !

काठमाडौँ, असार ३२ । आगामी दुई वर्षभित्रमा गण्डकी नदीमा तीन सय मेट्रिक टन सामान बोक्ने पानीजहाज आउने भएको छ ।

मन्त्री परिषद बैठक लगत्तै परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकतामा राखेको नेपाली झण्डाबाहक पानी जहाज सर्वप्रथम गण्डकी नदीमा चलाइने तयारी शुरु भएको जानकारी दिएका हुन् ।

मन्त्री परिषद बैठक लगत्तै परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले आगामी दुई बर्षभित्र गण्डकी (नारायणी) मा पानी जहाज चल्ने बताए ।

‘त्यसैका लागि एउटा भारतीय अधिकारीहरुको टोलीसँग आइतबारदेखि वार्ता सुरु भएको छ’ ज्ञवालीले भने, ‘त्यहाँ गण्डकीमा जहाज चलाउने गरी कुराकानी हुँदैछ ।’

पानी जहाज चलाउनका लागि आवश्यक पर्ने प्राविधिक सहयोग भारत सरकारले दिने मन्त्री ज्ञवालीले बताए ।

जल तथा उर्जा आयोगको आयोजनामा नेपाल आएका भारतीय पानीजहाज प्राधिकरणका अधिकारीहरुसँग भएको छलफलबारे मन्त्री ज्ञवालीले जानकारी दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =