भारतको राजदुतमा उप्रेति सिफारिस, मलेसियाका लागि पाण्डे

काठमाडौँ, असार ३२ । सोमबारको मन्त्री परिषदले बैठकले भारतको राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतिलाई सिफारिश गरेको छ भने मलेशियाका लागि उदयराज पाण्डे सिफारिस भएका छन् ।

सिफारिस भएकामध्ये उप्रेती पूर्व निर्वाचन आयुक्त हुन् भने पाण्डे पूर्व राजदूत हुन्। उप्रेतीले २०७० को संविधान सभा निर्वाचन सम्पन्न गराएका थिए। पाण्डे यसअघि साउदी अरवका लागि नेपाली राजदूत थिए।

लामो समय विद्यार्थी र युवा राजनीतिमा सक्रिय रहेका पाण्डे नेकपाका नेतासमेत हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =