नवलपरासीमा खोलामा डुबेर बालकको मृत्यु
२०७४ जेठ १५ गते

मनोज अर्याल, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउपालिकामा खोलामा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ ।
झरही खोलामा माछा मारेको हेर्न जाने क्रममा पाल्हीनन्दन १ शंकरपुरका अन्दाजी ८ वर्षीय उमेश हरिजनको डुबेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

माछा मारेको हेर्ने क्रममा अचानक खोलामा खसेर बेहोस भएको र उपचारका लागि भारत ठुटीबारी लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








