झाडापखालाले ग्रस्त अध्यक्ष ओली स्वास्थ्य चेक जाँच गर्न बुधबार बैंकक जाँदै

काठमाडौं, पुष २१। केही दिनदेखि झाडापखाला लगायतको रोगले च्यापेपछि पार्टी एकता र सरकार गठनबारे छलफलमा समेत भाग लिन नसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आगामी पुष २६ गते बुधबार बैंकक जाँदै छन् ।

मृगौला रोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीले चिकित्सकको सल्लाह बमोजिम नै स्वास्थ्य परीक्षणका लागि त्यहाँ जाँदै आएका छन् ।
तर, चुनावका बेला भने स्वास्थ्य परीक्षणका लागि जान नसकेका अध्यक्ष ओलीले पाँच दिने स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक तर्फ प्रस्थान गर्दै छन् । चिकित्सकका अनुसार चुनावको बेला स्वास्थ्य परीक्षणमा जान नभ्याएका ओली केही दिन झाडापखाला लगायतको समस्याले बालकोट निवासमै आराम गरिरहेका छन् ।
यसबीचमा नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएको कारण ओलीले यहि अवधीमा स्वास्थ्य जाँच गराउन चाहेको बताइएको छ ।








